काठमाडाैं- प्रतिनिधि सभाले कार्य व्यवस्था समितिमा सदस्यहरू मनोनयन गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूको नाम प्रतिनिधि सभाबाट अनुमोदन गरेका हुन्।
कार्यव्यवस्था समितिमा मनोनयन हुनेमा सांसदहरू उमाशंकर अगररिया, कृष्णभक्त पोखरेल, खगराज अधिकारी, जयपुरी घर्ति, दिलेन्द्रप्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, बालकृष्ण खाण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तमाङ रहेका छन्।
कार्यव्यवस्थाले प्रतिनिधि सभा बैठकअघि अजेन्डा, कार्यसूची र त्यहाँ बोल्ने सांसदहरूको तय गर्दछ। प्रतिनिधि सभा बस्नुअघि संसद् प्रवेश हुने विषयमा कार्यव्यवस्था समितिमा छलफल हुन्छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।