Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत १०, २०८२ Tue, Mar 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पूर्वमन्त्री बस्नेतको आक्रोश : विभूषणमा चुच्चे नक्सा किन राखिएन? 

64x64
नेपाल लाइभ सोमबार, चैत ३०, २०७७  १४:४१
1140x725
फाइल तस्बिर।

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले हालै वितरण गरिएको विभूषणमा नेपालको नयाँ नक्सा किन नराखिएको भन्दै आक्राेश पोखेका छन्। सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बस्नेतले यसमा गैरजिम्मेवार जवाफ दिएर पन्छिन नमिल्ने चेतावनी दिए।

‘सम्मान गर्ने निर्णय विगतमा भएको भएपनि पदक त अहिले दिएको हो नि’ उनले भने ‘अहिले यति हल्ला टिप्पणी गरेर जिम्मेवारीबाट पन्छिन मिल्छ? मौसमी राष्ट्रवाद जनतालाई चाहिएको होइन। सरकार जिम्मेवार र जवाफदेही हुनुपर्छ यति हल्का टिप्पणी गरेर हुँदैन। यो तीन करोड जनताको टिप्पणी हो।’ 

उनले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा बसेर भ्रममा रमाएको आरोप समेत लगाए। प्रधानमन्त्रीमा विकासको समझ नै नभएको बस्नेतको टिप्पणी छ। उनले संविधान समाप्त गर्नेदेखि अहिलेको परिर्वतनसम्मलाई समाप्त गर्ने काम प्रधानमन्त्री ओलीबाट भएकोले बताए। संसद् क्रियाशील गराउन नदिई सरकारले कसरी शासन चलाउन खोजेको भनि बस्नेतले प्रश्न गरे। 

‘संसद्‌भित्र र बाहिर धेरै दिनदेखि संसद्को प्रभावकारिता र विकासको बारेमा छलफल चलेको छ। चुच्चे नक्साका बारेमा पनि छलफल भएको छ’ उनले भने ‘तर, सरकार आत्मरतिमा रमाएर बसेको छ। अध्यादेशबाट सरकार चलाउने र बालुवाटारबाट चलाउने मनसाय देखिएको छ।’ 

सरकारलाई संसद् मन नपरेको हो? भन्दै उनले संसद्लाई 'शो पिस' बनाएर अर्को व्यवस्था चलाउन खोजिरहेको आशंका गरे। समस्याको शुरुआत कहाँबाट भयो त्यसको खोजी गर्न प्रधानमन्त्री ओलीलाई पूर्वमन्त्री बस्नेतको आग्रह छ।

Ncell 2
Ncell 2

‘सरकारका केही मन्त्री प्रतिगमन के हो भनेर प्रश्न गरिरहेका छन्? यो नबुझेर गरेको होइन’ बस्नेतले थपे ‘संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरियो अनि, सर्वोच्चले पुन:स्थापना गरेपछि सत्तामा टाँसिएर बस्नु प्रतिगमन हो।’

संविधानमार्फत् मौलिक लोकतान्त्रिक प्रणाली स्थापना गरिएको र अदालतले पनि यो मौलिक हो भनेर स्वीकार गरेको अवस्थामा चालिएको कदम प्रतिगामी नै भएको बस्नेतको टिप्पणी छ। 

‘प्रधानमन्त्रीले चाहेर मात्र संसद् भङ्ग हुँदैन भन्ने कुरा अदालतले पनि स्वीकार गरेको छ’ उनले भने ‘प्रधानमन्त्रीले यसमाथि प्रहार गर्नुभयो। यही हो प्रतिगमन भनेको। संविधानको मूल्य र प्रगतीशिल मान्यतामाथि जब हमला हुन्छ, अनि प्रतिगमन शुरु हुन्छ।’

माओवादीले सरकारलाई दिएको सर्मथन छिटो फिर्ता लगोस् भन्ने प्रश्न उठेको भन्दै उनले सरकारको अलोकतान्त्रिक कदमको सहयोगका लागि कायम नराखको स्पष्ट पारे। ‘यो जनमतबाट बनेको संसद्लाई असंवैधानिक रूपमा अत्य गर्ने काम सरकारबाट भएकाले यसको रक्षाका लागि सरकारको सर्मथन कामय राखेका हौं’ उनले भने ‘हामी सबै सरकारले गरेका गलत कामको साक्षी बस्दै ल्याप्चे लगाएर बसेका छैनौं।’

विकास निर्माण जनअपेक्षा अनुसार नभएको भन्दै प्रधानमन्त्रीमा गलत समझ देखिएको बस्नेतको आरोप छ। यसका लागि सबैभन्दा प्रमुख जिम्मेवार सरकार रहेको उनले बताए। प्रधानमन्त्रीमाथि विकासको सम्बन्धमा धेरै भ्रम रहेका कारण यो समस्या आएको बस्नेतको दाबी छ। 

स्थानीय तहमा अस्पताल, निर्वाचन क्षेत्रका सडकहरूमा प्रधानमन्त्रीको गलत बुझाई रहेकाे उनले बताए। सरकारको प्राथमिकीकरण अन्यत्रै भएको तर, चर्चा अन्यत्रै गरेको उनको दाबी छ। अर्बाैं बजेट रेलका लागि छुट्टाएको तर, सडक बालुवाटार बसेर उद्घाटन गरेको बस्नेतको टिप्पणी छ। राजनीतिक व्यवस्था बदलिएको तर, जनताको अवस्था नबद्लिएको भन्दै उनले शासकको प्रवृत्ति अहिले पनि उस्तै देखिएको भन्दै आलोचना गरे।

प्रधानमन्त्री 'फेसन अफ' भएको विकासको कुरा गर्ने पुरानै रटानमा रहेको भन्दै उनले यही कारणले बालुवाटर बसेर विकासको उद्घाटन धमाधम भइरहेको आरोप लगाए। 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा
सम्बन्धित सामग्री
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा निर्वाचनपछि चुनावबारे पहिलोपटक मंगलबार केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै उनले हतारो र हतास भएर राजीनामा नदिएको बताएका हुन् । मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा यसअघि तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो । मंगलबार, चैत १०, २०८२
आज गगन थापाको अध्यक्षतामा काँग्रेसको बैठक बस्ने दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यबाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए । मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प मंगलबार, चैत १०, २०८२
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन मंगलबार, चैत १०, २०८२
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के सोमबार, चैत ९, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्