फाइल तस्बिर
काठमाडाैं- सांसद गजेन्द्रबहादुर महतले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने सरकारको कदमप्रति व्यंग्य गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले मेलम्ची देखाएर पेट्रोल/डिजेलको भाउ बढाउन सरकारलाई व्यंग्यात्मक आग्रह गरेका हुन्।
महतले धरहरालाई देखाएर डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै सरकारको आलोचना गरे।
‘विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाएर जनताको ढाँड सेकिएको छ,’ उनले भने, ‘पार्टीभित्रको झगडा देखाएर संसद्को ढाँड भाँच्चिएको छ। कोरोना देखाएर ऋणले जनता डुबाउने, राष्ट्रवाद देखाएर यहाँ चुच्चे नक्सा नै गायव पारिसकेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।