काठमाडौं– नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ६ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
समसामायिक विषयमा छलफल गर्न वैशाख ६ गते विहान ११ बजे बालुवाटारमा बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले बताए।
‘त्यस्तो कुनै स्पेसल अजेन्डा भनिएको छैन,’ रिजालले भने, ‘समसामायिक विषयमा छलफल गर्न बैठक गर्ने भनिएको छ ।’
बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यसहित सबै एमाले केन्द्रीय सदस्यलाई बोलाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।