काठमाडाैं- नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले अदालतदेखि निर्वाचन आयोगसम्म सेटिङमा चल्न थालेको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले राज्यका सबै अङ्ग स्वायत्त रूपमा चल्नु पर्ने तर, राष्ट्रपति कार्यालयदेखि अन्य निकाय यसरी नचलेको आरोप लगाइन्।
‘यति बेला सबै सेटिङमा चल्न थालेको छ’ उनले भनिन् ‘सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्म यस्तै भएको छ।’
नेकपा नाम विवादमा सर्वोच्चले यस्तै फैसला सुनाएको उनको आरोप थियो। संसदीय समितिमा समेत दलको सेटिङको आधारमा उजुरी लिने क्रम चलेको उनले आरोप लगाइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।