काठमाडौं– कोका–कोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । विश्व स्वास्थ्य दिवस २०२१ अवसरमा सफाइकर्मीका लागि व्यावसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
कार्यक्रममा कामको समयमा एवं काम सकिएपछाडिका सुरक्षा उपाय, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यावसायिक दुर्घटनाको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाका लागि आगो निभाउने एवं सुरक्षा उपकरणको प्रयोगसम्बन्धी सत्र समावेश थियो।
कार्यक्रममा सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र चस्मा सफाइकर्मीलाई हस्तान्तरण गरियो। डा. अनुजराज कँडेलको नेतृत्वमा आयोजना गरिएको स्वास्थ्य शिविरमा सफाइकर्मीको स्वास्थ्य समस्या र मुद्दाबारे मेडिकल चेकअप र परामर्श गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।