काठमाडाैं- इसेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट अध्यक्ष विक्रम पन्त र इसेवाका तर्फबाट बिजनेस म्यानेजर रोशन राईले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार कास्की भित्र रहेका संघ अन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन्।
फोनपेले इसेवा लगायत आफ्ना अन्य सदस्यमार्फत डिजिटल कारोबार प्रवद्र्धनमा सघाउनेछ। यस्तै कास्कीका औषधी व्यवसायी आबद्ध अस्पतालहरुमा इसेवामार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्थासमेत मिलाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।