काठमाडौं- नेपाल ट्रष्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेको पोखराको १ सय ७४ रोपनी ४ आना जग्गा भाडामा दिन गण्डकी प्रदेश सरकारसँग सञ्चालनको ढाँचासहितको गुरुयोजना माग्ने निर्णय गरेको छ।
गण्डकी प्रदेश सरकारले फेवाताल किनारस्थित रहेका रत्नमन्दिर र हिमागृह जस्तो सांस्कृतिक धरोहर र दरबार समेत रहेको जग्गाको सदुपयोग गर्दै आर्थिक आर्यआर्जन गर्ने लक्ष्यसहित जग्गा मागेको थियो।
जग्गा माग भएपछि नेपाल ट्रष्टको कार्यालयले जग्गा भाडामा दिँदा कसरी दिने सकिन्छ भनेर फिजिबिलिटी अध्ययन समेत गरेको थियो। अध्ययनमा थोरै संरचना थपेर पर्यटकीय पूर्वाधारको रूपमा विकास गर्न सकिने देखिएको कार्यालयको भनाइ छ।
धेरै भन्दा धेरै सौन्द्रर्यकरण गर्ने गरी स-सना संरचना थपेर बढी भन्दा बढी नाफा गर्न सकिने अध्ययनले देखाएको छ। साथै, थोरै लगानी गर्दा २ देखि ३ वर्षमै लगानी उठ्ने हुँदा आम्दानी बढी हुने कार्यालयको भनाइ छ। उक्त स्थानमा स्वास्थय मनोरञ्जनमा गतिविधि सञ्चालन गर्ने सकिने समेत रिर्पोटमा उल्लेख छ।
त्यसबाट पुरातात्विक सम्पदाको समेत संरक्षण हुने र कार्यालयले आयआयर्ज समेत गर्ने सकिने रिपोर्टमा उल्लेख छ। सोही अनुसार कार्यालयको सञ्चालक समितिबाट जग्गा भाडामा लिँदै कसरी सञ्चालन गर्ने हो भन्ने विषयमा गण्डकी प्रदेश सरकारसँग गुरुयोजना माग्ने निर्णय भएको कार्यालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।