काठमाडौं- सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो।
उक्त योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिइने बैंकले जानकारी दिएको छ।
यस योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रूपैयाँसम्मको छुट प्राप्त गर्ने छन्। यस्तै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् एक हजार ५०० रूपैयाँसम्मको छुट प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो योजना यही चैत २९ देखि आगामी वैशाख ७ गतेसम्म लागू हुने विज्ञप्तिमा जनाइएको छ। उक्त सम्झौतापत्रमा सानिमा बैंकका डिजिटल बैंकिङ विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रालिका अरूण फुँयालले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।