काठमाडौं– भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राको चर्चित युटिलिटी भेइलक बोलेराेको बिक्री उल्लेख्य रुपमा बढेको छ। महिन्द्राले २०२१ के फेब्रुअरीमा १५ हजार ३ सय ८० वटा कार दर्ता भएको हो।
यसमध्ये बोलेरो पिकअक रेन्जमात्र फेब्रुअरीमा ८ हजार ९ सय ५ वटा बिक्री भएको हो। २०२० को फेब्रुअरीमा महिन्द्रा पिकअप २ हजार ८० वटामात्र बिक्री भएको थियो। यो वर्षको फेब्रुअरीको बिक्री गत वर्षको सोही अवधिको तुलनामा ३ सय २८ प्रतिशतको वृद्धि भएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।
महिन्द्राले बोलेरो पिकअपको बिक्री २००० बाट सुरु गरेको थियो। दुई दशकदेखि भारतीय बजारसहित नेपालमा समेत बोलेरो पिकअप निक्कै चर्चित युटिलिटी भेइकलको रुपमा रहेको छ।
महिन्द्रा भारतको पाँचौं ठूलो प्यासेन्जर कार उत्पादक कम्पनी हो। नेपाली बजारमा महिन्द्राका कार अग्नि इनकर्पोरेटेडले विक्री गर्दै आएको छ। महिन्द्राका बोलेरो नेपाली बजारमा यात्रु बोक्नेदेखि सामान बोक्ने प्रयोजनसम्ममा लोकप्रिय रहँदै आएको छ। बोलेरो पिकअप नेपाली बजारमा २३ लाखदेखि ४० लाख रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।