काठमाडौं–इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षलाई लक्षित गरी अफर ल्याएको छ।
कम्पनीले ‘हर्षको नववर्ष’ अफर ल्याएको हो, जसमा ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिन पाउनेछन्। जसमा ६२ प्रतिशतसम्म छुट हुने कम्पनीको दाबी छ। यो बाह्रमहिने अफरमा एक मात्र लिँदा पनि ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउने कम्पनीले जनाएको छ।
साथै अफरमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि रहेको छ, जसमा फिल्म हेर्न सकिने कम्पनीको दाबी छ। अफर भित्रै वाइफाईका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।