काठमाडौं- सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।
कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० आवेदकबाट शेयर माग भए पनि १५ लाख ५९ हजार ८०२ वटा योग्य थियो। जसमा २ लाख ६९ हजार ७ सय जनाले न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन्। १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ। कम्पनीले चैत ६ गते आईपीओ खुला गरिएको थियो।
आईपीओको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।