काठमाडाैं- रिद्धि सिद्धि सिमेन्टले विजय लक्ष्मी मिडिया फाउन्डेसनको संयोजनमा आयोजना गरेको 'रिद्धि सिद्धि नुकड नाट्य यात्रा'को क्रम जारी राखेको छ।
प्रदेश २ को आठवटा जिल्लाका विभिन्न ५० स्थानमा गरिने यो यात्रा अहिले ११ वटा ठाउँमा प्रस्तुत गरिएको छ। हालसम्म प्रदेश २ को धनुषा जिल्लास्थित सबैला बजार, गोदार, धनुषाधाम र यदुकुहा बजार, महोत्तरीको बलबा र जलेश्वर, मटिहानी र पिपरा बजार र सर्लाहीको गोडैता, मलंगवा र होलीको अवसरमा जनकपुरधाममा होली विशेष कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ।
यो नाट्य यात्रामा प्रस्तुत गरिएको रिद्धि सिद्धि सिमेन्टको उपयोगिता विषयक नाटकले दर्शकसमक्ष लोकप्रियता बटुल्न सफल भएको कम्पनीको भनाइ छ। 'सचेत' राखिएको यस नाटकमा प्रस्तुत गरिएको विषयवस्तुको नाटकीयतामा दर्शकले मनोरञ्जनका साथसाथै आफ्नो भविष्यमा निर्माण हुने भौतिक संरचनामा प्रयोग हुने सबभन्दा महत्त्वपूर्ण पाटो सिमेन्ट प्रयोग गर्दा सचेत रहने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।