काठमाडाैं- भेष्पाको नेपालका लागि लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले शनिबार '१०० कस्टोमर रिक्रियसन राइड’ सम्पन्न गरेको छ। भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे विचसम्म उक्त राइड आयोजना गरिको हो।
राइडमा युवाहरुको उत्साहजनक सहभगिता रहेको थियो। ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको कम्पनीका उपाध्यक्ष विजय महतोले बताए। ‘ग्राहकबीच अन्तर्क्रिया गराउने, भेहीकलको परफमेन्स र रिभ्यू गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने।
भेस्पा राइडमा कम्पनीले मनोरञ्जनका लागि विभिन्न रिक्रियसनल गेमहरु पनि खेलाएको थियो। जसमा राइडरहरुले कम्पनीको तर्फबाट विभिन्न उपहार जितेका थिए।
प्रिमियम प्रडक्ट भेष्पाको ब्राण्डलाई थप परिचित गराउन राइड सफल भएको महतोले बताए। राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे विचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।