काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई टोकन प्रणाली लागू गर्नका लागि पाँच लाख रूपैयाँ सहयोग गरेको छ।
उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरे।
बैंकबाट प्राप्त उक्त रकम अस्पतालमा आउने सेवाग्राहीहरूको सुविधा तथा छिटोछरितो सेवा प्रदान गर्नका लागि अस्पतालका विभिनन ब्लकहरूमा टोकन प्रणाली लागू गर्न उपयोग गरिने अस्पतालले जनाएको छ। उक्त प्रणालीले अस्पतालमा व्यवस्थित रूपमा सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ। आगामी दिनहरूमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जाने प्रमुख कार्यकारी अधिकृत गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।