काठमाडौं- यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। बिहीबार परिसूचक २.७४ अंकले बढेर २६७४.३५ अंकमा कायम भएको छ।
आज २०७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार कित्ता सेयर ७० हजार २३९ पटक खरिद बिक्री हुँदा छ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज व्यापार, जलविद्युत, निर्जीवन बिमा समूह, उत्पादन समूह, अन्य समूह र लगानी समूह क्रमशः ३२.०१, २३.३३, ६२.६३, २८.७७, २२.५१, र ०.४१ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक १०६.१३ अंकले बढेको छ। त्यस्तै बैंकिङ १.८९, होटल तथा पर्यटन २९.७९, विकास बैंक २०.६२, वित्त ३९.४३ र जीवन बिमा ९१.९८ अंकले बढेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ३६ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल बैंक लिमिटेडका सबैभन्दा धेरै पाँच लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ।
आज ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९२ प्रतिशतका दरले कमाएका छन्। युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ४.४२ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।