काठमाडाैं– प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा सूचना प्रविधि सम्वन्धी विद्येयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
सामाजिक संजालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखे बापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो।
विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन्। समितिले कांग्रेस बाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन आज सदनमा पेश गर्न लागेको हो।
विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो।
त्यस्तै मधेशी र थारु आयाेगकाे प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची रहेकाे छ। शून्य र विशेष समयकाे नियमित कार्यक्रम पनि चल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।