काठमाडौं- एनसीसी बैंक र आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधाका प्याकेजहरूमा सम्झौता भएको छ।
काभ्रेको बनेपामा रहेको उक्त रिसोर्टमा एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीलाई छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो। सम्झौतासँगै उक्त रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरूमा एनसीसीका ग्राहक तथा कर्मचारीले विशेष छुट पाउने भएको छ।
रिसोर्टले फुड एण्ड वेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।