मुम्बई- बलिउडका दुई चर्चित कलाकार दीलिप कुमार र राज कपुरको पाकिस्तानमा रहेको घरलाई संग्रहालय बनाइने भएकाे छ। पाकिस्तानका खैबर पख्तुनख्वाह रहेकाे यो घर उनीहरुको पैतृक सम्पत्ति हाे।
जीर्ण अवस्थामा रहेका यी दुई घरलाई सरकारले संग्रहालय बनाउने तयारी गरेकाे छ। राज्य सरकारले यी दुवै घरलाई किन्ने छ।
राज्य सरकारले यी दुई घरको भूमि अधिग्रहण ऐन १८९४ अनुसार घर मालिकलाई मुआब्जा दिन लागेको नवभारत टाइम्सले उल्लेख गरेको छ।
पाकिस्तानको पुरातत्त्व विभागले दीलिप कुमारको घर करिब ८०.५६ लाख र राज कपुरको घर १.५० करोड बराबरको मूल्य तोकेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।