काठमाडौं- नेपालमा केन्टका उत्पादनहरूको लागि आधिकारिक वितरक तथा सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको संस्था ईओएल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
भारत र नेपालका ग्राहकले पानी शुद्धीकरणका लागि रूचाएको केन्ट आरओले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ग्राहक योजना सार्वजनिक गरेको हो।
कम्पनीले ‘स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔं केन्ट आरओसँग सहर्ष’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिद गर्दा ‘लक्की ड्र’ मा सहभागी भई हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा एलजीको रेफ्रिजेरेटर, एउटा एलजीकै एलईडी टीभी र तीनवटा गोदरेज भाइरोशिल्ड जित्ने अवसर प्राप्त हुने जानकारी दिएको छ।
साथै, अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स मोडलको स्कुटर जित्ने मौकासमेत पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यही चैत ८ गतेयता कुनै पनि केन्ट आरओ खरिद गर्ने सबै ग्राहकले मासिक भाग्यशाली ड्र र बम्पर लक्की ड्रमा भाग लिन पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।