काठमाण्डौं- ई-कमर्स साइट दराजले यही चैत २९ गतेदेखि नयाँ वर्षको सेल 'दराज नव वर्ष २०७८' सुरु गर्ने घोषणा गरेको छ। नयाँ वर्षको अवसरमा दराजले उक्त योजना सार्वजनिक गरेको हो।
उक्त अवसरमा ग्राहकले आश्चर्यजनक डिल, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्नेलगायत अवसर पाउने दराजले जानकारी दिएको छ।
यस योजनाका प्रमुख आकर्षणहरूमध्ये एक पेमेन्ट पार्टनर छुट रहेको जनाइएको छ, जसमा ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्मको छुट् पाउन सक्ने छन्। डेबिट कार्ड प्रयोगकर्ताले एक हजार रुपैयाँसम्मको थप छुट पाउने छन्। साथै, क्रेडिट कार्डका प्रयोकर्ताले एक हजार ५०० रुपैयाँ सम्मको थप छुट पाउने कम्पनीले जानकारी दिएको छ। दराजले नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकलाई पेमेन्ट पार्टनर बनाएको छ।
साथै, ग्राहकहरुले आफ्नो ई-सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाका लागि ५०० रुपैयाँसम्मको विशेष छुट पाउन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।