फाइल तस्बिर
काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली गुटमा 'त्वम शरणम' गर्ने व्यक्तिहरु मात्रै रहेको आरोप लगाएका छन्।
एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्ने क्रममा नेता नेपालले ओलीले पार्टीको सर्वाधिकार आफूमा खिचेको बताए। उनको समूहमा रहने व्यक्तिहरु ओलीको शरणमा परेको आरोप लगाए।
निर्वाचन आयोगले पार्टीको वैधानिकता कदाचित ओलीलाई दिएको अवस्थामा विचलित नहुन कार्यकर्तालाई उनले ढाडस दिए। कार्यकर्तालाई नआत्तिन आग्रह गर्दै उनले भने,‘बीच मचधारमा छाड्दैनौं। लक्ष्यमा पुर्याएर छाड्छौं। दृढतापूर्वक होमिएका छौं।’
जिल्ला-जिल्ला पार्टी संगठन गठन भएकोप्रति उनले सन्तुष्टि व्यक्त गरे। ‘अब हामी छिट्टै अन्तरपार्टी निर्देशन जारी गर्नेछौं। जिल्ला-जिल्लामा भेला गरिनेछ। निर्वाचन क्षेत्र कमिटी, वडा/वडा, टोल/टोलमा कमिटी संगठन बनाउँछौं।’
७७ जिल्लामा ४२ जिल्ला नेतृत्व माधव पक्षमा रहेको स्वयं ओलीले स्वीकारेको उनले कार्यकर्तालाई सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।