• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री बन्न ‘अनिच्छुक’ देउवालाई किन जोडबल गर्दैछ देउवाइतर पक्ष?

64x64
लिलु डुम्रे मंगलबार, चैत २४, २०७७  ०७:०४
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गर्न ‘अनिच्छुक’ रहिरहेकै बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई प्रधानमन्त्री बनाउन सक्रियता देखाएका छन्। देउवाले नै ‘परिपक्व’ समय नआएको बताइरहँदा पौडेलको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिनिधि सभा विघटनका विरुद्ध उत्रेका पौडेलले पार्टी सभापतिको मौनताबारे तत्कालीन समयमा आश्चर्य प्रकट गरेका थिए। संसद् विघटनविरुद्ध ७७ जिल्लामा विरोध प्रदर्शनका क्रममा सभापतिलाई लक्षित गर्दै चितवनमा पौडेलले भनेका थिए, ‘तालुमा आलु फले फेरि तपाईं प्रधानमन्त्री हुने अवस्था आउला। किन संसद् पुनः स्थापना भन्न सक्नुहुन्न?’

प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित कांग्रेस सडकमा जाने निर्णय नगरेकोप्रति उनले सभापतिलाई निरन्तर दबाब सिर्जना गरिरहेका थिए। पुनःस्थापनाको पक्षमा आन्दोलनमा जानुपर्ने पार्टी भित्रको दबाबलाई देउवाले सुन्ने चेष्टा भने गरेनन्।

पार्टी तथा आफूलाई निर्वाचनले लाभ पुग्ने देखेका देउवा संसद पुनः स्थापनाको पक्षमा थिएनन्। तर, संसद् पुनःस्थापना भयो। उनले संसद्लाई राजनीतिक दलले प्रभावित पार्न नहुने पूर्ववत् भनाइको बचाउ गरे। सर्वोच्चको अर्को फैसला (फागुन २३) ले तत्कालीन नेकपालाई एमाले र माओवादी केन्द्र बनाइदियो। त्यसपछि पौडेलले भने अनुसार नै देउवाको लागि ‘तालुमा आलु फल्ने’ अवसर निर्माण भएको थियो।

सभापति देउवाइतर पक्ष राजनीतिक घटनाक्रमलाई प्रारम्भका दिनमा विश्लेषण गर्दा कांग्रेस सरकारमा जान नहुने तर्क गरिरहेको थियो। सभापति देउवाले पनि निष्क्रियता देखाएका थिए। देउवाको निष्क्रियता, राजनीतिक गतिरोध यथावत् र ओली सरकारको रवैया विरुद्ध कांग्रेसले अग्रसरता लिनुपर्ने अडानमा संस्थापनइतरका नेताहरू पुगे।

पौडेलको सक्रियतामा फागुन २८ गते महामन्त्री डा शशांक कोइरालाको निवासमा बसेको बैठकले देउवालाई प्रधानमन्त्रीमा स्वीकार्ने निर्णय गर्‍यो। उक्त बैठकमा कृष्णप्रसाद सिटौला पनि सहभागी थिए। पार्टीका सबै पक्षबाट सहयोग हुँदाहुँदै पनि सभापतिले तदारुकता नदेखाएकोप्रति पौडेलले चैत ३ मा पोखरा पुगेर रोष प्रकट गरे। सभापतिको मौनतामा उनले प्रश्न गरे। साथै, सभापति नै अनिर्णयको बन्दी बनेको उनको आरोप थियो।

माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर केपी शर्मा नेतृत्वको सरकार तत्काल हटाउनुपर्ने मागलाई सभापतिसँग दोहोर्‍याए। ‘जसपाका नेताहरूलाई केपी ओलीजीले जे-जे आश्वासन दिनुभएको छ। जे-जे दिन्छु र गर्छु भन्नुभएको छ। त्यो हामीले दिन्छौं-गर्छौं भनिदिऊँ', सभापतिलाई उनले सुझाएका थिए।

सभापतिले अग्रसरता नलिएकोप्रति खिन्नता प्रकट गर्दै पौडेलले भने, ‘हाम्रो पार्टी अनिर्णयको बन्दी बनिरहेको छ। सभापतिको उदासिनता भन्ने कि के भन्ने यो मलाई रहस्यमय लागेको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

सभापतिको अकर्मण्यतालाई वर्तमान गतिरोधको एक कारण मानिरहेका पौडेलले केन्द्रीय समितिबाट ओलीको राजीनामा माग्ने निर्णय गराए।

सभापति देउवालाई प्रधानमन्त्री बनाउँदा त्यसको लाभ पौडेललाई हुने देखिँदैन। समीकरण बन्न सके प्रधानमन्त्री हुने देउवा हुन्। त्यसकै बलमा भावी सभापति बन्ने बाटो तय गर्न समेत उनलाई सहज हुनेछ नै। चुनावी प्रधानमन्त्री बनेको स्थितिमा उनले आफू निकटलाई टिकट वितरण गर्न पाउनेछन्। नयाँ संसद्‌मा बलियो बन्नेछन्।

देउवालाई पुग्ने फाइदाबारे पौडेल जानकार नभएका होइनन्। तर, पौडेल किन देउवालाई सत्तामा पुर्‍याउन चाहन्छन्? सार्वजनिक कार्यक्रममा यदाकदा उनले यसको संकेत दिने गरेका छन्। थप समय सरकारमा ओली रहे लोकतन्त्र नै जोखिममा पर्छ भन्ने उनको बुझाइ छ। ७० वर्षदेखि लडिआएको व्यवस्था बचाउनकै लागि कांग्रेसले अग्रसरता लिनुपर्ने उनले गत शनिबार शिक्षक संघले गरेको कार्यक्रममा पनि बताएका थिए।

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीबाट ओलीलाई हटाउन तत्पर नरहेको आशंका पार्टीभित्र थियो/छ। ओलीसँग मिल्न खोजिरहेको आरोप पनि देउवामाथि छ। ‘ओलीसँग मिल्नु नैतिकताले नदिने हाम्रो भनाइ हो। सभापतिले ओलीसँगको 'नेक्सस' र 'अट्याचमेन्ट'का कारणले वा अरु विभिन्न दबाबले साथ दिन खोज्नुभएको देखिन्छ’, संस्थापनइतरका एक नेताले भने।

अर्कोतर्फ पार्टी सभापतिले चुनाव र महाधिवेशनलाई जोड्न खोजेको बुझाइ पनि पार्टीमा छ। ‘सभापतिले पार्टी महाधिवेशन र चुनाव जोड्न खोज्नुभएको छ। चुनाव हुने मिति र महाअधिवेशन सँगसँगै जस्तो भयो भने टिकट वितरणमा आफ्नो प्रभाव देखाउने अवसर हुनेछ’, देउवाइतरका एक नेता भन्छन्, ‘त्यसबेला मलाई सहयोग गर्ने भए टिकट दिन्छु। नगर्ने भए टिकट दिन्नँ भन्नसक्नुहुन्छ।’

देउवा प्रधानमन्त्री हुने अवस्थामा मुलुक आवधिक निर्वाचनकै बाटोमा जानुपर्दछ। भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यात्मक अवस्थामा देउवा छन्। त्यसबेला चुनावको टिकट वितरणमा ‘चलखेल’ देउवाले गर्न सक्ने अवस्था हुँदैन। पार्टी महाधिवेशनतिर उन्मुख भइरहेकै बेला चुनावी सुनिश्चितता देउवाले खोजेको बुझाई कांग्रेसभित्र कतिपयको छ। अर्थात्, मुलुक चुनावतिरै जाओस् भन्ने उनलाई लागेको छ।

कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा प्रदेश १ र बागमतीको सरकार ढाल्न नसकिएकोप्रति पनि उनले खिन्नता प्रकट गर्ने गरेका छन्। सभापतिको अकर्मण्यतालाई वर्तमान गतिरोधको एक कारण मानिरहेका पौडेलले केन्द्रीय समितिबाट ओलीको राजीनामा माग्ने निर्णय गराए। पौडेलको प्रस्तावलाई सिटौलाले पनि समर्थन गरे। अन्ततः केन्द्रीय समितिले ओली सरकारको बहिर्गमन गरी कांग्रेसकै नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय गर्‍यो।

शुक्रबार पार्टीले गरेको निर्णय अनुसार आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले सोमबारसम्म अन्य दलसँग संवाद गरेका छैनन्। तथापि, पौडेलको अग्रसरता कायमै छ। संसदको अंकगणितमा निर्णायक रहेको जसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न उनकै निवासमा पौडेल पुगे। तीन दलीय गठबन्धनको प्रस्ताव गरे। साथै, देउवा–प्रचण्ड र महन्थले संयुक्त रुपमा सहमतिको खाका बनाउन आग्रह गरे।

कांग्रेस सभापति देउवाले आफ्नो दलभित्रको असन्तुष्टलाई थामथुम पार्न मात्रै शुक्रबारको निर्णय गराएको जसपा नेता केशव झा बताउँछन्। नेपाल लाइभसँग कुरा गर्दै झाले भने, 'देउवाले आफ्नै पार्टीको निर्णय नमान्ने हामीसँग भनिसक्नुभएको छ। देउवा नै गठबन्धन बनाउन तयार छैनन्।’

नयाँ गठबन्धनको लागि देउवा तयार नभएको जसपासँग भनिसकेको उनले दाबी गरे। नयाँ सरकार बनाउने पक्षमा देउवा नरहेको झाको ठोकुवा छ। सरकारमा देउवाको नेतृत्व अस्वीकार गर्ने उनले बताए। जसपाकै नेतृत्वमा सरकार बन्नुपर्ने उनको जोड थियो।

ओलीको विकल्प खोज्ने आवाज पार्टीभित्र गम्भीर रूपमा उठिरहेको छ। मूलतः संस्थापनइतर ओली हटाउने पक्षमा दृढताका साथ लागेको छ। सभापतिले ओली हटाउने पहलकदमी नलिने भए विकल्पमा अर्को नेता सार्नुपर्ने मत पनि आएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘ओलीको विकल्प खोज्नुपर्छ हामीले भनिरहेका छौं। ओलीको विकल्प हुने गरी सभापति अघि बढ्न सक्ने स्थिति छैन भने अरु व्यक्ति अघि आउनुस् न भन्ने हो। ओलीको विकल्प जुनरुपमा पनि खोज्नुपर्छ।’

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध निर्धारित समयभन्दा दुईघण्टा ढिलो गरी शुरु भएको बैठकमा विपक्षी सांसदले उठेर विरोध जनाएका हुन्। सोमबार, जेठ २५, २०८३
भारत भ्रमणपछि रवि लामिछानेद्वारा दलहरूलाई ब्रिफिङ, परिपक्व कूटनीतिक व्यवहारको सुझाव यस उद्देश्यका लागि सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा लामिछानेले भ्रमणका क्रममा भएका भेटघाट तथा समग्र अनुभवबारे जानकारी गराएको जनाइए... सोमबार, जेठ २५, २०८३
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले संसदमा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्व... सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक शुरु हुनेवित्तिकै विपक्षी सांसदको विरोध सोमबार, जेठ २५, २०८३
भारत भ्रमणपछि रवि लामिछानेद्वारा दलहरूलाई ब्रिफिङ, परिपक्व कूटनीतिक व्यवहारको सुझाव सोमबार, जेठ २५, २०८३
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले सोमबार, जेठ २५, २०८३
सभापति लामिछानेद्वारा दलहरुलाई भारत भ्रमणको उपलब्धि ब्रिफिङ, परिपक्व कुटनीतिक व्यवहारको सुझाव सोमबार, जेठ २५, २०८३
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्