काठमाडौं–कोकाकोलाले यो गर्मीयमलाई लक्षित गरी नयाँ योजना सार्वजनिक गरेको छ।
कम्पनीले ल्याएको ’घरमा स्पेशल खानाको सानो ट्रिट’ योजनाअन्तर्गत २.२५ लिटर प्याकको खरिदमा २५० एमएलको प्याक निःशुल्क उपलब्ध गराउने भएको छ।
योजनाअन्तर्गत कोकाकोला, स्प्राइट र फ्यान्टा जुनसुकैको खरिदमा पनि २५० मिलिलिटर प्याक निःशुल्क प्राप्त गर्ने कोकाकोलाले जनाएको छ।
योजनाको मूल सन्देश कोकसँग एउटा साधारण खाना पनि एक उत्सवमा परिणत हुन सक्छ भन्ने रहेको कम्पनीले जनाएको छ।
अफरका साथ उपभोक्ताले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने विश्वास कोकाकोलाले राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।