काठमाडौं- चीनकै सबैभन्दा ठूलो कमर्सियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोडाैं गाडी ‘रोल आउट’ गरेको छ। फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो।
एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डिमलर अटोमोटिभले चीनमा मनयाँअमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ। जसलाई ‘प्रविधिक सुन्दरता र गतिशिलताको समीश्रण’ भनी व्याख्या गरिएको छ।
फोटनले गएको मार्च महिनामात्रै एक लाख एक हजार एक सय ६६ वटा गाडी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो। विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो। लगत्तै फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरू कमिन्ज्, डिमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो।
कमिन्ज् हेभी–ड्युटी ट्रक बजारको आइकन हो, जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो। त्यसैगरी, जर्मनीको डिमलर ग्रुप विश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्सियल भेहिकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस् टेक्नोलोजी सप्लायर हो।
नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटनले चीन, जर्मनी, जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु स्थापना गरेको छ। जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार पाँच सय इन्जिनियरले पाँच हजारभन्दा बढी पेटेन्ड निर्माण गरिसकेका छन्।
फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भइ एक सय १० देशमा उपलब्ध छन्। नेपालमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको विक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।