• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

खनाल-नेपाल पक्षको काठमाडौं जिल्ला कमिटी अध्यक्षमा वसन्त मानन्धर

64x64
नेपाल लाइभ आइतबार, चैत २२, २०७७  २०:०९
1140x725

काठमाडौं- नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको छ। विभिन्‍न जिल्ला र भ्रातृ संगठनमा समानान्तर कमिटी घोषणा गरिरहेको यो पक्षले आइतबार बुद्धनगरमा एक कार्यक्रमबीच कमिटी घोषणा गरेको हो।

काठमाडौं जिल्ला कमिटीमा अध्यक्षको जिम्मेवारी वसन्त मानन्धरलाई दिइएको छ। त्यस्तै, उपाध्यक्ष शोभा सापकोटा, सचिवमा कुसु कुमार कार्की, सहसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छन्। जिल्ला कमिटीमा २२५ जना सदस्य छन्।

'तीन विकल्प छन्'
कार्यक्रममा सम्बोधन गर्दै माधवकुमार नेपालले आफ्नो पक्षसँग तीनवटा विकल्प रहेको बताएका छन्। 'एउटा विकल्प केपी ओलीको टाङमुनि छिर्नु हो,' नेपालले भने, 'केपी ओलीसामू आत्मसमर्पण गर्नु हो।'

उनले सुनाएको दोस्रो विकल्पमा राजनीति छाड्नु रहेको छ। 'दोस्रो विकल्प भनेको राजनीति छाडेर गेरुवस्त्र लगाएर हिँड्नु हो। वैराग जागेर, निराश भएर बस्‍नु हो,' उनले भने।

नेपालले उल्लेखित दुवै विकल्प आफूहरूले नजानेको बताए। 'सही बाटोमा निरन्तर अगाडि बढिन्छ। गलत कुराका विरुद्ध दृढताका साथ जुधिन्छ। मैदान छाडेर भागिने छैन। पिठ्युँ फर्काएर भागिने छैन। दृढताका साथ छाती अगाडि सारेर अगाडि बढिन्छ,' उनले भने।

'ओलीले तमासा गरे'
१६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकको शिलान्यास गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई नेपालले 'तमासा'को संज्ञा दिएका छन्। 'यतिकै स्वीच थिचेर १६५ वटा निर्वाचन क्षेत्रमा एकै दिन सडकको शिलान्यास! कहीँ हुन्छ? संसारमा कहीँ भएको छ? डीपीआर भएको छैन, कति खर्च लाग्छ, लागतको कुरा छैन। त्यसका निम्ति आधार बनाउनुपर्छ। बल्ल शिलान्यास हुन्छ। बालुवाटारमा बसेको छ, स्वीच थिचिदियो,' नेपालले भने।

नेपालले ती सबै ठाउँमा नाम लेखाैंला भनेर ओलीले एकैपटक शिलान्यास गरेको बताए। 'नाम लेख्‍न कति रहर रहेछ। फोटो टाँस्‍ने कति रहर रहेछ। आफ्नो कोठामा, आफ्नो घरमा झुन्ड्याए भइहाल्यो नि। किन सबैलाई दुःख दिनु बेकारमा। त्यसैले उहाँको तमासा मात्रै हुन्। यो तमासाको कुनै अर्थ छैन,' वरिष्ठ नेता नेपालले भने।

उनले जनताले कुरा होइन, काम चाहने बताए। 'जनता कुरामा विश्वास गर्दैनन्, परिणाम हेर्न चाहन्छन्। मदन भण्डारीले भन्‍नुभएको थियो- कुराले चिउरा भिज्दैन। चिउरा भिजाउनका लागि दूध नै चाहिन्छ, कि दही। जनताको विश्वास जित्‍न कुराले पुग्दैन। काम गर्ने विधि व्यवहार चाहिन्छ। अनि जनताको विश्वास जित्‍न सकिन्छ,' नेपालले भने।

nimb
nimb
Ncell 2
Ncell 2

'ओलीको साँठगाठ दलाल पुँजीवादीसँग'
नेपालले प्रधानमन्त्री ओली विचार र सिद्धान्तबाट च्युत भएको आरोप लगाएका छन्। ओलीको सिद्धान्त कमाउवाद र त्यागिदेऊमा आधारित रहेको उनले बताए। समाजवादको दृष्टिकोण ओलीमा नभएको नेपालको आरोप छ।

प्रधानमन्त्रीको साँठगाँठ दलाल पुँजीवादीसँग भएको उनले ठोकुवा गरे। उनले भने,‘ २०७१ सालको महाधिवेशनले पारित गरेको विचार सिद्धान्त मान्‍न ओली तयार छैनन्।’

ओली प्रवृत्तिको विरुद्धका लडिरहेको बताउँदै उनले प्रधानमन्त्रीसँग सानो गुट रहेको तर पार्टी नरहेको बताए। महाधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षलाई ओली पक्षले हटाएको भन्दै आपत्ति जनाए।

'फालेर हामी फालिने हो?'
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीले दलबाट फालेर आफू नहट्ने बताए। नेता नेपालले भने,‘केपी ओलीले फालेर हामी फालिने हौं? केपी ओलीले हामीलाई पार्टीमा ल्याएका हुन्?’

पार्टीको आधिकारिकता आफ्नो पक्षमा हुने उनले दाबी गरे। कानुनले आधिकारिकता नदिने परिस्थितिमा बेग्लै बाटो खोजिने उनले बताए।

'पार्टीभित्रको लडाइँ जुँगाको होइन'
कार्यक्रममा सम्बोधन गर्दै अर्का नेता झलनाथ खनालले पार्टीभित्रको अहिलेको लडाइँ सही र गलतबीचको भएको बताएका छन्। 'यो पदको लडाइँ होइन, यो जुँगाको लडाइँ होइन,' उनले भने, 'यो विचारको लडाइँ हो।'

पार्टीभित्र दुईवटा समूह प्रकट हुन थालेको भन्दै खनालले आफ्नो समूह क्रान्तिकारीहरुको भएको बताए। उनले आफ्नो समूह समाजवादको लक्ष्य लिएर अघि बढ्न दृढ संकल्पित भएको बताए। 'अर्को समूह दक्षिणपन्थी अवसरवादीहरुको हो। दक्षिणपन्थी भड्काउबाट ग्रसित छ,' उनले भने।

माओवादीसँग एकीकरण गर्ने बेला कुन आधारमा र कसरी गर्ने भन्‍नेबारेमा पार्टीभित्र छलफल नभए पनि आफूहरुले दुई हात उठाएर समर्थन गरेको खनालले बताए। तर, एकीकरणपछि पनि ओलीको दक्षिणपन्थी सोच जारी रहेको उनले बताए।

खनालले ओलीकै कारण पार्टी विवादग्रस्त भएको र विग्रह बढेको आरोप लगाए। पार्टीलाई एकीकृत बनाएर लैजाने चुनौती सिर्जना भएकै बेला ओलीले पार्टीमा एमाले र माओवादी भनेर छुट्याउन थालेको बताए। 'उहाँले आफ्नो गुटलाई एमाले बनाउन थाल्नुभयो,' उनले भने।

'केपी ओली विचारशून्य छन्, जित्‍न सजिलो छ'
एमाले नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली विचारशून्य भएको बताएकी छिन्। उनले संगठन बनाएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरिन्।

'केपी ओली कहिले पनि विचारको छलफल नगर्ने नेतृत्व हो। जसले पार्टीलाई धुजाधुजा बनाए। छिन्‍नभिन्‍न बनाए। आसेपासे राखेर पार्टीलाई विचारशून्य बनाए। त्यसैले विचार नभइकन, वैचारिक र सांगठनिक रुपमा स्पष्ट नभइकन, पार्टीको कार्यदिशा स्पष्ट नपारीकन हामीले लड्न सक्दैनौं। जित्‍न सक्दैनौं,' उनले भनिन्, 'त्यसैले केपी ओलीसँग जित्‍न सजिलो छ। जब हामी वैचारिक युद्ध गर्छौं। विधिसम्मत हुन्छौं। र, सबै ढंगले हामीले आफूलाई सक्षम बनाउँछौं। तब हामी जित्‍न सक्छौं, जित्छौं। केपी ओली विचारशून्य मान्छे हो।'

ओलीले कहिल्यै पनि वैचारिक कुरा गर्न नसकेको शाक्यले बताइन्। 'कहिले पनि विचारको प्रस्तुति गर्न सक्नुभएन। उहाँले 'एस् म्यान'हरु राखेर पार्टीलाई कमजोर बनाउनुभयो। अन्योल गर्ने काम गरे। दिशा भ्रष्ट गर्ने काम गरे। उद्देश्यलाई अलमल्याउने काम गरे,' उनले भनिन्।

केपी ओलीले उचाइमा पुगिसकेको कम्युनिस्ट आन्दोलनको झन्डालाई तल झार्ने काम गरेको भन्दै शाक्यले आफूहरुले झार्न नदिने बताइन्।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कुन मन्त्रालयलाई कति बजेट ?
सम्बन्धित सामग्री
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । शुक्रबार, जेठ १५, २०८३
बजेट भाषण छाडेर हिँडे हर्क साम्पाङ, महत्त्वपूर्ण काम भएकाले बाहिरिएको भनाइ उनले आफूले बाहिर भए पनि बजेट सुन्ने बताए । किन बाहिरिनुभयो? भन्दै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले भने, ‘म मात्रै छु त छैन नि त... शुक्रबार, जेठ १५, २०८३
मानव अधिकार आयोग प्रतिवेदन तत्काल कार्यान्वयनमा लगियोस् : राजेन्द्र लिङ्देन पार्टी ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरुले... शुक्रबार, जेठ १५, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ १६, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, जेठ १६, २०८३
कुन मन्त्रालयलाई कति बजेट ? शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्