काठमाडाैं- बलिउड अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ। अभिनेता गोविन्दाले सामाजि सञ्जालमार्फत आफूलाई काेराेना संक्रमण भएकाे जानकारी दिएका हुन्।
अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन्। यता बलिउड अभिनेता अक्षय कुमार र नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई पनि कारोना संक्रमण भएको छ।
उनीहरु आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।