काठमाडौं- बलिउड अभिनेता अक्षय कुमार र नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई कारोना संक्रमण भएको छ। उनीहरु आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
स्वास्थ्य सम्बन्धी सबै नियमको पालना गरेर आफूलाई आइसोलेट गरेको अक्षयले जानकारी दिएका छन्। ‘म होम क्वारेन्टिनमा छु र आवश्यक औषधिहरु सेवन गरिरहेको छु,’ उनले भनेका छन्।
यता आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन्। आदित्यले यतिबेला भारतको चर्चित गायन रियालिटी सो इन्डियन आइडल कार्यक्रमको उद्घोषकको रुपमा काम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।