काठमाडौं- काठमाडौं उपत्यकाबाट दशैं मनाउन हालसम्म २२ लाखभन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार अष्टमीको बिहानसम्म उपत्यकाबाट बाहिरिनेको संख्या २२ लाखमाथि पुगेको हो। दशैंको टीका नजिकिँदै जाँदा उपत्यकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिरहेका छन्। महाशाखाले गत भदौ २० गतेदेखि काठमाडौंबाट बाहिर जाने यात्रुको संख्यालाई दशैंका लागि उपत्यका छाडेको संख्याको सूचीमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।