फाइल तस्बिर
काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विचार र सिद्धान्तबाट च्युत भएको आरोप लगाएका छन्।
ओलीको सिद्धान्त कमाउवाद र त्यागिदेऊमा आधारित रहेको उनले बताए। समाजवादको दृष्टिकोण ओलीमा नभएको नेपालको आरोप छ।
प्रधानमन्त्रीको साँठगाँठ दलाल पुँजीवादीसँग भएको उनले ठोकुवा गरे। आइतबार काठमाडौं जिल्ला कमिटीका अगुवा कार्यकर्ता भेलामा नेता नेपालले भने,‘ २०७१ सालको महाधिवेशनले पारित गरेको विचार सिद्धान्त मान्न ओली तयार छैनन्।’
ओली प्रवृत्तिको विरुद्धका लडिरहेको बताउँदै उनले प्रधानमन्त्रीसँग सानो गुट रहेको तर पार्टी नरहेको बताए। महाधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्षलाई ओली पक्षले हटाएको भन्दै आपत्ति व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।