तस्बिर: निमेषजंग राई
काठमाडौं- नेकपा एमालेकी जानकीदेवी रामले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी छिन्। प्रतिनिधिसभा सदस्य सानु शिवाको निधनपछि रिक्त रहेको पदमा उनी निर्वाचित भएकी हुन्।
राम प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित)बाट निर्वाचित भएकी हुन्। उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आइतबार अपराह्न सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शिवाको गत असोज २८ गते निधन भएको थियो। एमालेले रिक्त भएको पदमा रामलाई सिफारिस गर्नेबारे केही दिनअघि निर्णय गरेको थियो।
गत निर्वाचनमा एमालेले बुझाएको समानुपातिक सूचीमा शिवाको नाम ८५औं स्थानमा थियो। त्यस्तै, ८६औं स्थानमा रहेकी आशाकुमारी विक अहिले सांसद् नै छिन्। ८७औं नम्बरमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेकाले ८८औं नम्बरमा रहेकी रामले अवसर पाएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।