काठमाडाैं- युक्रेनकाे स्वास्थ्य मन्त्रालयले चिनियाँ काेराेना भाइरविरुद्धकाे खाेप सिनोभ्याकलाई आपत्तकालीन प्रयाेगकाे लागि अनुमति दिएकाे छ। मन्त्रालयले सिनोभ्याक खाेप सुरक्षित रहेकाे भन्दै शनिबार प्रयाेगका लागि अनुमति दिएकाे हाे।
गत मार्चमै २ लाख १५ हजार डाेज सिनोभ्याक खाेप युक्रेन भित्रिएकाे थियाे। तर, आपूर्तिकर्ताले आवश्यक कागजात उपलब्ध नगराएकाे कारण खाेपलाई प्रयाेगकाे लागि अनुमति दिइएकाे थिइन्।
युक्रेनमा काेराेना संक्रमितकाे संख्या बढ्दाे क्रममा रहेकाे छ। पछिल्लाे २४ घण्टामा २० हजार ३४१ काेराेना संक्रमित फेला परेका थिए। सरकारले काेराेनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा लकडाउन गरेकाे छ।
राजधानी किभमा अप्रिल ५देखि लकडाउन लागु हुनेछ। लकडाउनमा सार्वजनिक यातायातमा र सबै स्कूल बन्द हुनेछन्। सरकारले यसअगाडि नै सार्वजनिक स्थल, क्याफे र रेस्टुरेन्टहरू बन्द गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।