काठमाडाैं- थाइल्याण्डकाे राजधानी बैंककमा आगाे लागेकाे तीन तल्ले घर भत्किँदा चार उद्धारकर्मीसहित ५ जनाकाे मृत्यु भएकाे छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम राेयर्टका अनुसार उक्त घरमा शनिबार बिहान आगाे लागेकाे थियाे। घरभित्र रहेका मानिसहरुलाई बाहिर निकाल्न करिब एक घण्टा लागेकाे जनाइएकाे छ।
स्थानिय प्रहरीका अनुसार आगाे के कारणले लाग्याे अझै खुल्नमा आएकाे छैन। राेयटर्समा प्रकाशित भिडियाेमा कालाे धुँवाले घेरिएकाे घर देखाइएकाे छ। आगाे निभाउन गएकाे एक दमकल पनि उक्त धुँवामा हराएकाे समाचारमा जनाइएकाे छ।
'मैले केही भत्किँदै गरेकाे आवाज सुनेकाे थिए। त्यसकाे केही सेकेन्डमा पुरै घर भत्किँयाे,' एक उद्धारकर्ताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।