काठमाडाैं- भारतकाे छत्तीसगढको विजापुरमा माओवादी विद्रोहीसँगको भिडन्तमा पाँच सुरक्षाकर्मी मृत्यु भएको छ। शनिबार माओवादी र सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे।
बीबीसी हिन्दी भिडन्तमा परी १२ सुरक्षाकर्मीहरु गम्भीर घाइते भएका छन्। उक्त स्थानमा एक महिलाकाे शव पनि फेला परेकाे जनाइएकाे छ।
‘सुकम र बिजापुर जिल्लाका सुरक्षाकर्मीले विद्रोहीको खोजी गरिरहेका थिए। तर्रेम र सिलगेर जंगलको इलाकामा लुकेका माओवादी विद्रोहीले एक्कासी आक्रमण गरेका हुन्,’ समाचारमा भनिएकाे छ।
घटनमा घाइते भएकाहरुकाे उद्धार गर्न हेलिकोप्टर पठाइएकाे छ। माओवादीहरुले कयाैं स्थानमा सडक अवरुद्ध पारेका कारण हेलिकोप्टर पठाइएकाे बताइएकाे छ।
गत मार्च २५ मा छत्तीसगढस्थित नारायणपुर जिल्लामा माओवादीको आक्रमणमा परी ५ सैनिकको मृत्यु भएको थियाे। उक्त घटनामा १४ जना घाइते भएका थिए। उनीहरु तालिमबाट फर्किँदै गर्दा आक्रममा परेका थिए।
प्रहरीका अनुसार माओवादीहरुले मार्च १७ मा सरकारसँग शान्ति वार्ताको प्रस्ताव गरेका थिए।
‘जनताको हितको लागि छत्तीसगढ सरकारसँग वार्ता गर्न तयार छौं। तर, हाम्रो तीन सर्तहरू छन्। जसमा सशस्त्र सेना हटाउने, माओवादीमाथि लगाइएको प्रतिबन्ध हटाउने र जेलमा रहेको नेताहरूको विना शर्त रिहाइ,’ उनीहरुले विज्ञप्तिमा भनिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।