काठमाडाैं- म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा मारिनेको संख्या ५५० नाघेको छ। एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार फेब्रुअरी १ पछिको प्रदर्शनका क्रममा ४६ बालबालिकासहित ५५० जनाको मृत्यु भएको हो।
म्यानमारका डिफेन्स सर्भिस अफ चीफ मिन आङ लाइङ्गले गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले धाधँली गरेको आरोप लगाउँदै आङ सान सू चीसहित दलका प्रमुख नेताहरुलाई सुरक्षा बलले बन्धक बनाएका थिए। त्यसयता सेनाले नै सरकार चलाउँदै आएको छ।
प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै भइरहेको शान्तिपूर्ण प्रदर्शनमा सेनाले व्यापक दमन गरिरहेको छ। हालसम्म २७ सय ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको लिइएको छ।
‘शुक्रबार राति सादा पोसाकमा आएका सरकारी सुरक्षा फौजले पाँच जनालाई पक्राउ गरेको थियो,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थजानिय मिडिया म्यानमार नाउले भनेको छ।
यसैबीच दशकौंदेखि सरकारसँग संघर्ष गरिरहेका जातीय अल्पसंख्यक विद्रोही समूहको प्रतिनिधित्व गर्ने करेन नेश्नल युनियनले थाइल्याण्डको सीमाना नजिक रहेको गाउँमा सेनाले गराएको बम विष्फोट र हवाई हमलाको निन्दा गरेको छ।
‘आक्रमणमा बालबालिका लगायत धेरै व्यक्ति मारिएका छन्। यस्तै विद्यालय र निजि आवासमा ठूलो क्षति भएको छ। यी आतंकवादी कार्यहरू स्पष्ट रूपमा स्थानीय र अन्तर्राष्ट्रिय कानूनहरूको उल्लघंन हो,’ उक्त समूहले भनेको छ।
फ्री बर्मा रेन्जरका अनुसार मार्च २७ देखि करेनको नियन्त्रणमा रहेको क्षेत्रमा १२ भन्दा बढी नागरिक मारिएका छन्। यस्तै २० हजारभन्दा बढी विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।