काठमाडौं- बंगलादेश सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न एक हप्ता देशव्यापी लकडाउन घोषणा गरेको छ।
बंगलादेशका सडक तथा यातायात मन्त्री अब्दुल कादिरले सोमबारदेखि एक हप्तासम्म लकडाउन लागू गरेको जानकारी दिएका हुन्।
‘कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सोमबारदेखि लकडाउन लागू गर्ने निर्णय गरिएको हो। देशभर संक्रमित र मृतको संख्या निरन्तर बढ्दै गइरहेको छ,’ उनले भने।
बंगलादेशमा शुक्रबार ८३० कोरोना संक्रमित फेला परेका थिए। योसँगै कोरोना संक्रमितको संख्या ६ लाख २४ हजार ५९४ पुगेको छ। सरकारले उपलब्ध गराएको तथ्याङ्क अनुसार २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ९ हजार १५५ पुगेको छ। यद्यपि यो आदेश आपत्तकालीन सेवाहरूमा लागू हुँदैन।
‘कारखानाहरू खुला रहनेछन् र कोरोना प्रोटोकल पालना गरेर निश्चित कामदारलाई काम लगाउन पाइनेछ। लकडाउनमा सरकारी कार्यालय र अदालत बन्द रहनेछ तर, उद्योग सञ्चालमा रहनेछन्,’ सरकारका सार्वजनिक प्रशासनमन्त्री फरहाद हुसेनले ढाका ट्रिब्यूनलाई उद्धृत गर्दै भने।
सोमबार प्रधानमन्त्री कार्यालयले १८ बुँदे निर्देशन जारी गरेको छ। जसमा संक्रमणको उच्चदर भएका क्षेत्रहरूमा सबै सार्वजनिक समारोहहरूमा प्रतिबन्ध गरिनेछ।
यस्तै सामाजिक, राजनैतिक र धार्मिकसहित सबै प्रकारका कार्यक्रममा सीमित मात्रमा उपस्थित हुन पाइनेछ। बसहरूले सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।