फाइल तस्बिर।
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसको निर्णयले राजनीतिक परिदृश्य फेरिएको बताएका छन्।
शनिबार कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै उनले अब छिट्टै नयाँ सरकार बन्ने र नयाँ परिस्थिति बन्ने बताए।
'हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरियो। खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल लिने भनेर हिजो निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ', प्रचण्डले भने।
शुक्रबार राति बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतले संसद पुन:स्थापना गरेको महिना दिन भन्दा धेरै भएपनि प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेको भन्दै कांग्रेसले उनको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।