काठमाडौं–कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि भारतको महाराष्ट्रमा फेरि लकडाउन हुन सक्ने भएको छ।
राज्यमा अहिलेकै रफ्तारमा कोरोना संक्रमित बढ्दै गएको खण्डमा लकडाउन गर्न सकिने महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन्।
महाराष्ट्र अहिले भारतमा सबैभन्दा बढी संक्रमित भएको र संक्रमित भेटिने दर बढी भएको राज्य हो ।
यसलाई जिम्मेवार भएर लिनु पर्ने र लापरवाही पनि गर्न नहुने ठाकरेले बताएका छन्।
कोरोना खोप लगाएपछि पनि मास्क लगाउन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड कसैले बिर्सन नहुने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।