काठमाडाैं- भारतमा एकै दिन ८१ हजार ४६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार याेसँगै कुल संक्रमितको संख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ। त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको छ।
भारतमा कोरोनाबाट मृत्युको कुल संख्या एक लाख ६३ हजार ३९६ पुगेको छ। भारतमा अहिले पनि ६ लाख १४ हजार ६९६ जना कोरोनाबाट संक्रमित अवस्थामै रहेका छन्।
भारतकाे उत्तर प्रदेशका ८ कक्षासम्मका सबै विद्यालय ११ अप्रिलसम्मका लागि बन्द गरिएकाे छ। कोरोना संक्रमितको संख्या निकै बढ्न थालेपछि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्।
यता कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यको धेरै जिल्लाहरुमा रात्रीकालिन कर्फ्यू र आंशिक प्रतिबन्ध लगाइएको छ। मुख्यमन्त्री उद्धव ठाकरेले राज्य अधिकारीहरूको उच्चस्तरीय बैठक बोलाएका छन्। यस बैठकमा लकडाउन सम्बन्धि छलफल हुने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।