फाइल तस्वीर: एपी
काठमाडाैं- भारत सरकारले १४ वर्षीया रोहिन्ज्या बालिकालाई म्यानमार फर्काउने काेसिस गरेकाे छ। भारतले बिहीबार बिहान मणिपुर राज्यकाे सीमावर्ती सहरबाट ती बालिकालाई स्वदेश फर्काउन काेसिस गरेकाे हाे।
भारतकाे याे कदमलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सी र अन्य अधिकार समूहहरूले विराेध गरेका छन्। उनलाई म्यानमार फर्काउन बिहीबार बिहान भारतको उत्तरपूर्वी मणिपुर राज्यको सीमावर्ती सहरतर्फ लगिएकाे थियाे।
'ती बालिकालाई बिहीबार बिहान भारतको उत्तरपूर्वी मणिपुर राज्यको सीमावर्ती शहरतर्फ लागिएकाे थियाे,' एक प्रहरी अधिकारीहरूले भने, 'तर, म्यानमारका सैनिकले उनलाई फिर्ता पठाइदियाे।' ती बालिकाकाे परिवार हाल बंगलादेशकाे कक्स बजार क्षेत्रमा निर्माण गरिएको बालुखली शिविरमा बसिरहेकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ।
'उनीसँग काेही छैनन्। शरणार्थी शिविर आगोले ध्वस्त पार्याे, छिमेकी देशको अध्यागमन विभागले अन्तर्राष्ट्रिय सीमानाको ढोका खोल्न अस्वीकार गर्याे, हाल कुनैपनि निर्वासनका लागि परिस्थिति उपयुक्त छैन,' समाचारमा भनिएकाे छ।
गत चैत ९ गते कक्स बजार क्षेत्रमा निर्माण गरिएको बालुखली शिविरमा आगलागी हुँदा १५ जनाकाे मृत्यु भएकाे थियाे भने ४०० भन्दा बढी बेपत्ता भएका थिए। त्यसमध्ये सय जना भेटिएकाे यूएनएचसीआरले पुष्टि गरेकाे छ।
म्यानमारमा राेहिन्ज्यामाथि सेनाले दमन गरेपछि उनीहरु भागेर भारत र बंगलादेश छिरेका थिए। कक्स बजार क्षेत्रमा करिब एक चौथाइ शरणार्थीको बसोबास गरिरहेका छन्। यी शिविरमा म्यानमारबाट आएका लाखौं शरणार्थीहरू बसिरहेका छन्।।
ती बालिकालाई छिमेकी राज्य असममा पठाइने तयारी गरिएकाे छ। उनी एकवर्ष भन्दा बढी समयदेखि त्यही बस्दै आएकी थिइन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले राेहिन्ज्यालाई सुरक्षा खतराको रूपमा मान्दछन्। उनीहरुलाई भारतले स्वदेश फर्काउने अभियान समेत थालिसकेकाे छ।
असमको सिलचर सहरमा निवेदिता नारी संस्था चलाइरहेकी दिबा राेयका अनुसार म्यानमारमा उनको परिवार छैनन्। 'उनलाई म्यानमार पठाइएको थियो। यस हप्ता उनलाई स्थानीय प्रहरीको जिम्मा लगाउन संघीय अधिकारीबाट निर्देशन प्राप्त भएकाे थियाे, हामीले आदेश पालनामात्रै गर्याैं,' रोयले भनिन्।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर)ले भारतकाे याे कदमकाे विराेध गरेकाे छ। 'म्यानमारको अवस्था असुरक्षित छ। दिगो तरिकाले स्वैच्छिक फिर्ताको लागि अनुकूल वातावरण बनेकाे छैन। बच्चालाई म्यानमार फर्काइदाँ उनलाई तत्काल गम्भीर क्षतिको खतरा हुन सक्छ,' युएनएचसीआरका प्रवक्ताले भने।
भारतको जम्मू-कश्मीरको उत्तरी क्षेत्रका प्रहरीहरूले गत महिना १६ सयभन्दा बढी रोहिन्ज्या शरणार्थीहरूलाई पक्राउ गरेका थिए र तिनीहरूलाई म्यानमार फिर्ता पठाउन प्रक्रिया सुरू गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।