काठमाडाैं- ताइवानको पूर्वी भागमा शुक्रवार बिहान भएकाे यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेकाे संख्या ५४ पुगेकाे छ।
हुवालियन काउन्टीमा स्थानीय समयअनुसार बिहान साढे ९ बजेतिर सुरुङभित्रकाे ट्रयाकबाट झरेर रेल दुर्घटना भएकाे थियाे। दुर्घटनामा ट्रेनका दुई चालकको पनि ज्यान गएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनामा घाइते भएका एक सय ५६ जनाको उपचार भइरहेको छ। डब्बा दुई र तीन ट्रयाकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
दुर्घटना भएको स्थानबाट ट्रेनलाई बाहिर निकाल्न कम्तीमा पाँच दिन लाग्नेछ। दुर्घटनाग्रस्त ट्रेनबाट सबै यात्रु बाहिर निकालि सकिएको स्थानीय अधिकारीले बताएका छन्।
घटनाको अनुसन्धान गरिरहेका अधिकारीले गलत ठाउँमा राखिएको सवारी साधन माथीबाट खसेर अवरोध हुँदा ट्रेन लिकबाट बाहिरिन नसकेको आशंका गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।