काठमाडाैं- रसियाली राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनमा नेटो सैनिकलाई खटाए जवाफी कारवाही गर्ने चेतावनी दिएका छन्। पूर्वी युक्रेनको नजिक रूसी सेनाको ठूलो गठन भएको भन्दै नेटोले सेना खटाउने प्रस्ताव गरेपछि उनले उक्त चेतावनी दिएका हुन्।
शुक्रबार प्रवक्ता पेस्कोभले युक्रेनमा नेटो सैनिक खटाए लामो समयदेखि जारी रहेको द्वन्द्वमा नयाँ त्रास सिर्जना हुने बताएका छन्। ‘त्यहाँ कुनै शंकास्पद गतिबिधि भएको छैन। यस्तो अवस्थामा नेटोले सेना खटाए झनै द्धन्द्ध निम्तिन्छ। यसले रुसी सीमाना नजिक पनि थप तनाव बढाउँछ,’ उनले भनेका छन्।
उनले सुरक्षा सुनिश्चित गर्न रुस सरकारले नै थप कदम चाल्नुपर्ने समेत बताए। ‘अवश्य पनि यसको सुरक्षा सुनिश्चित गर्न रूसी पक्षबाट थप कदम चाल्न आवश्यक छ,’ उनले भने, ‘कुन–कुन कदम अपनाइन्छ भनेर अहिल्यै भन्न सकिन्न।’
२०१४ पछि युक्रेनको पूर्वी डोनेट्स्क र लुगान्स्क क्षेत्रहरूमा रूसले आक्रमण गर्दै आएको छ। राष्ट्रपति भिक्टर यानुकोभिचलाई परास्त गरेपछि क्रिमियन प्रायद्वीपलाई गाभिसकेको छ।
यूक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै संघर्ष गर्दै आएका छन्। यसअगाडि नै संयुक्त राष्ट्रले कुनै पनि रूसी आक्रमण भएको खण्डमा युक्रेनको पक्षमा खडा हुने वाचा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।