• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले ‘पुनर्गठन’को तयारीमा नेपाल पक्ष 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २०, २०७७  २०:१९
1140x725
फाइल तस्बिर।

काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले शुक्रबार राखेको यो पक्षको स्थायी कमिटी बैठकलाई महत्वसाथ हेरिएको थियो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चारजना नेतालाई साधारण सदस्यबाटै निलम्बन गरेपछि पहिलो पटक बसेको बैठकले यो पक्षको भावी रणनीतिबारे ठोस निर्णय गर्ने अपेक्षा पनि थियो। तर, शुक्रबारको बैठकले ओलीका पछिल्ला कदमबारे कडा टिप्पणी गरेपनि भावी रणनीतिबारे निर्णय गरेन। स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार शनिबार बैठक पुनः बस्नेछ र एउटा निर्णय गर्नेछ।

यो पक्षका नेताहरुले शनिबार महत्वपूर्ण निर्णय हुनसक्ने बताएका छन्। उनीहरुका भनाइमा अब एमाले पुनर्गठन गरेर जाने तयारी अघि बढाइएको छ। त्यो भनेको अर्को पार्टी गठनसम्म पुग्ने तयारी हो। प्रधानमन्त्री ओलीपक्षले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ‘कारबाही’ गरेपछि नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूह पनि ‘एक्सन’को तयारीमा जुटेको हो।  

ओलीले नेपालसहित चार नेतालाई सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए। त्यसबाट आक्रोशित बनेको नेपाल पक्षका अब धेरै अलमल नगरी ओलीसँग भिडेर जाने तयारीमा जुटेको एक नेताले बताए।

के यो भनेको अर्को पार्टी गठनको तयारी हो? एमाले पार्टी विभाजन गर्ने भन्दा पनि एमालेमै समानान्तर कमिटी गठन गर्ने वा एमाले पुनर्गठन जस्ता केही शब्द राखेर अघि बढ्ने निर्णय हुन सक्ने ती नेताले बताए। ‘एमालेमा, ओली पक्षसँग एउटै पार्टीमा बस्न सक्ने अवस्था रहेन, त्यही पार्टीमा आफ्नो छुट्टै नामको पहिचान दिएर अघि बढ्ने हुन सक्छ’, ती नेताले नेपाल लाइभसँग भने, ‘तर, एमालेबाट विभाजन गरेर छुट्टै पार्टी घोषणा वा अन्य कुनै पार्टीसँग एकता गरेर जाने स्थिति हुँदैन। एमालेमै बसेर ए –एमाले र बी–एमालेका रुपमा समानन्तर गतिविधि गरेर जाने स्थिति हुनसक्छ।’ 

शनिबार मात्रै एउटा ठोस निर्णय गरेर जाने रणनीति नेपाल पक्षले तय गरेकाले अहिलेसम्म त्यसबारे कुनै कुरा बाहिर ल्याइएको छैन। 

Ncell 2
Ncell 2

प्रतिवेदन देशभरका कार्यकर्तामाझ पुर्‍याइने
नेपालपक्षले एमालेमा समानान्तर संगठन र संरचनाको अभ्यास अघि बढाइसकेको छ। जिल्लाहरूमा समानान्तर कमिटी निर्माणले तीब्रता पाएको छ भने जनवर्गीय संगठनहरुमा यसअघि नै त्यो अभ्यास भइसकेको छ। यसअघि नेपाल पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलासमेत गरेको थियो।

त्यो भेलामा नेता नेपालले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथि आएका सुझावहरु समेटेर दस्ताबेज नै कार्यकर्तामाझ पुर्‍याउने तयारीमा समेत नेपाल पक्ष छ। शुक्रबारको बैठकमा नै यसबारे छलफल भएको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए। अर्का एक स्थायी कमिटी सदस्यले दस्तावेज देशभरका कार्यकर्तामाझ पुर्‍याउने तय भइसकेको जानकारी दिए।

शुक्रबारको स्थायी कमिटी बैठकले एमालेको संगठन सुदृढीकरणसहित राष्ट्रव्यापी कार्यक्रमको स्वरुप तयार गर्ने तय गरेको छ। यसबारे ठोस निर्णय शनिबार हुने बताइए पनि पार्टीको प्रशिक्षण भेला वा गोष्ठीबाट एउटा निष्कर्षमा पुग्ने यो पक्षको तयारी छ। 

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर, बिहीबार अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउँने त्यो फैसलाको पुनरावलोकन नहुने निर्णय सुनाएपछि माओवादी केन्द्रसँग नेपाल पक्ष नजिकिने सम्भावना तत्काल देखिएको छैन। त्यहीकारण पनि नेपाल पक्ष घोषित रूपमै एमालेभित्र समानान्तर अभ्यासमा लाग्न थालेको बताउँछन्। त्यसको स्वरुप भने सम्भवतः शनिबार प्रष्ट हुनेछ। 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति
प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयाेगले आज प्रमाणपत्र दिँदै
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
सम्बन्धित सामग्री
प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयाेगले आज प्रमाणपत्र दिँदै आयोगले सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। बिहीबार, चैत ५, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए । बिहीबार, चैत ५, २०८२
काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक उपसभापति शर्माको अध्यक्षतामा हुने तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् । बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति बिहीबार, चैत ५, २०८२
प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयाेगले आज प्रमाणपत्र दिँदै बिहीबार, चैत ५, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक बिहीबार, चैत ५, २०८२
सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो बिहीबार, चैत ५, २०८२
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्