• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले ‘पुनर्गठन’को तयारीमा नेपाल पक्ष 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २०, २०७७  २०:१९
1140x725
फाइल तस्बिर।

काठमाडाैं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षले शुक्रबार राखेको यो पक्षको स्थायी कमिटी बैठकलाई महत्वसाथ हेरिएको थियो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चारजना नेतालाई साधारण सदस्यबाटै निलम्बन गरेपछि पहिलो पटक बसेको बैठकले यो पक्षको भावी रणनीतिबारे ठोस निर्णय गर्ने अपेक्षा पनि थियो। तर, शुक्रबारको बैठकले ओलीका पछिल्ला कदमबारे कडा टिप्पणी गरेपनि भावी रणनीतिबारे निर्णय गरेन। स्थायी कमिटी सदस्य योगेश भट्टराईका अनुसार शनिबार बैठक पुनः बस्नेछ र एउटा निर्णय गर्नेछ।

यो पक्षका नेताहरुले शनिबार महत्वपूर्ण निर्णय हुनसक्ने बताएका छन्। उनीहरुका भनाइमा अब एमाले पुनर्गठन गरेर जाने तयारी अघि बढाइएको छ। त्यो भनेको अर्को पार्टी गठनसम्म पुग्ने तयारी हो। प्रधानमन्त्री ओलीपक्षले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ‘कारबाही’ गरेपछि नेपाल र झलनाथ खनालले नेतृत्व गरेको समूह पनि ‘एक्सन’को तयारीमा जुटेको हो।  

ओलीले नेपालसहित चार नेतालाई सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेका थिए। त्यसबाट आक्रोशित बनेको नेपाल पक्षका अब धेरै अलमल नगरी ओलीसँग भिडेर जाने तयारीमा जुटेको एक नेताले बताए।

के यो भनेको अर्को पार्टी गठनको तयारी हो? एमाले पार्टी विभाजन गर्ने भन्दा पनि एमालेमै समानान्तर कमिटी गठन गर्ने वा एमाले पुनर्गठन जस्ता केही शब्द राखेर अघि बढ्ने निर्णय हुन सक्ने ती नेताले बताए। ‘एमालेमा, ओली पक्षसँग एउटै पार्टीमा बस्न सक्ने अवस्था रहेन, त्यही पार्टीमा आफ्नो छुट्टै नामको पहिचान दिएर अघि बढ्ने हुन सक्छ’, ती नेताले नेपाल लाइभसँग भने, ‘तर, एमालेबाट विभाजन गरेर छुट्टै पार्टी घोषणा वा अन्य कुनै पार्टीसँग एकता गरेर जाने स्थिति हुँदैन। एमालेमै बसेर ए –एमाले र बी–एमालेका रुपमा समानन्तर गतिविधि गरेर जाने स्थिति हुनसक्छ।’ 

शनिबार मात्रै एउटा ठोस निर्णय गरेर जाने रणनीति नेपाल पक्षले तय गरेकाले अहिलेसम्म त्यसबारे कुनै कुरा बाहिर ल्याइएको छैन। 

Ncell 2
Ncell 2

प्रतिवेदन देशभरका कार्यकर्तामाझ पुर्‍याइने
नेपालपक्षले एमालेमा समानान्तर संगठन र संरचनाको अभ्यास अघि बढाइसकेको छ। जिल्लाहरूमा समानान्तर कमिटी निर्माणले तीब्रता पाएको छ भने जनवर्गीय संगठनहरुमा यसअघि नै त्यो अभ्यास भइसकेको छ। यसअघि नेपाल पक्षले काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलासमेत गरेको थियो।

त्यो भेलामा नेता नेपालले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथि आएका सुझावहरु समेटेर दस्ताबेज नै कार्यकर्तामाझ पुर्‍याउने तयारीमा समेत नेपाल पक्ष छ। शुक्रबारको बैठकमा नै यसबारे छलफल भएको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए। अर्का एक स्थायी कमिटी सदस्यले दस्तावेज देशभरका कार्यकर्तामाझ पुर्‍याउने तय भइसकेको जानकारी दिए।

शुक्रबारको स्थायी कमिटी बैठकले एमालेको संगठन सुदृढीकरणसहित राष्ट्रव्यापी कार्यक्रमको स्वरुप तयार गर्ने तय गरेको छ। यसबारे ठोस निर्णय शनिबार हुने बताइए पनि पार्टीको प्रशिक्षण भेला वा गोष्ठीबाट एउटा निष्कर्षमा पुग्ने यो पक्षको तयारी छ। 

सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर, बिहीबार अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउँने त्यो फैसलाको पुनरावलोकन नहुने निर्णय सुनाएपछि माओवादी केन्द्रसँग नेपाल पक्ष नजिकिने सम्भावना तत्काल देखिएको छैन। त्यहीकारण पनि नेपाल पक्ष घोषित रूपमै एमालेभित्र समानान्तर अभ्यासमा लाग्न थालेको बताउँछन्। त्यसको स्वरुप भने सम्भवतः शनिबार प्रष्ट हुनेछ। 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  २०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
सम्बन्धित सामग्री
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित... बिहीबार, मंसिर ११, २०८२
आज जसपाका राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका थिए। बिहीबार औपचारिक घोषणा हुन लागेक... बिहीबार, मंसिर ११, २०८२
मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने मुख्यमन्त्री नियुक्ति प्रक्रियापछि आन्दोलित सात दलले मधेशमा सभामुख रमचन्द्र मण्डललाई समेत दुई तिहाइले पदमुक्त गरेको छ भने मुख्यमन्त्... बिहीबार, मंसिर ११, २०८२
ताजा समाचारसबै
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
आज जसपाका राजेन्द्र श्रेष्ठ समूह नेकपामा समाहित हुँदै बिहीबार, मंसिर ११, २०८२
मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्