काठमाडाैं- अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज सन्तान लाभ गर्ने तयारीमा रहेका छन्। आफ्नो जोडी आमाबुवा बन्न लागेको जानकारी प्रियंकाले सामाजिक सञ्जालमार्फत् दिएकी हुन्।
पति आयुषमानसँगै आफ्नो गर्भावस्थाको तस्बिर सार्वजनिक गर्दै उनले आफू गर्भवती रहेको बताएकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘तपाईं सोध्न बन्द गर्न सक्नुहुन्छ, हामी गर्भावस्थामा छौं।’
उनले ‘हामी गर्भावस्थामा छौं’ भनेर लेखेको पोस्टमुनि पक्ष/विपक्षमा बहस भइरहेको छ। कतिले गर्भवती महिला मात्रै हुन सक्ने भन्दै बच्चा जन्मिसकेपछि मात्रै दुवैको हुने तर्क गरेका छन्। कतिपयले जोडीले नै अपनत्व लिएको भन्दै तारिफ गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।