काठमाडाैं- प्रभु बैंक र नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशबीच बैंकिङ साझेदारी सम्झौता सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमबीच उक्त सम्झौता सम्पन्न भएको हो।
शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेक हुन्।
कार्यक्रमा बोल्दै नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायीबीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने बताए।
प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।