काठमाडाैं- विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेकोे आणविक सम्झौताको विषयमा भियनामा अर्को हप्ता वार्ता गर्न सहमति भएकाे छ। ईयूले अर्काे हप्ता वार्ता गर्ने जनाएकाे हाे।
मध्यस्थकर्ताहरूले यस विषयमा अमेरिकासँग ‘छुट्टै सम्पर्क’ भएको बताएका छन्। ‘वार्ताका सहभागीहरू अष्ट्रियाको राजधानी भियनामा भेट गरी नाकावन्दी हटाउनुपर्ने आणविक सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने उपायहरू खोज्नका लागि सम्बन्धित विज्ञहरूको टोलीसहित भियनामा बस्नेछन्,’ यस विषयमा ईयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बैठकको संयोजकले इरानसँगको आणविक सम्झौता (जेसीपीओए) का सहभागीहरू र संयुक्त राज्य अमेरिकाका साथ भियनामा छुट्टै सम्पर्कहरू तीव्र पार्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।