काठमाडाैं- सिंगापुर एयरलाइन्सले काेराेनाविरुद्धकाे प्राेटाेकल उल्लघंन गरेको परेपछि हङकङले दुई हप्ताका लागि उडानमा प्रतिबन्ध लगाएकाे छ।
बुधवार सिंगापुर एयरलाइन्सको उडान एसक्यू २८८ बाट हङकङ आएका एक यात्रुलाई काेराेना संक्रमण भएको पुष्टि भएपछि प्रतिबन्ध लगाइएको हो।
याेसँगै सिंगापुर एयरलाइन्सका कुनै पनि जहाज शनिबारदेखि अप्रिल १६ सम्म हङकङमा उडाउन पाइने छैन।
हङकङ आउने यात्रीहरूले स्वास्थ्य र यात्रकाे बारेमा जानकारी दिनुपर्छ। हङकङ सरकारले उच्च जोखिम भनेर तोकेको कुनै पनि देश भ्रमण नगरेकालाई मात्रै देश भित्रन आदेश दिन्छ।
बेलायत, इन्डोनेसिया र फिलिपिन्स जस्ता उच्च जोखिम भएका देशका यात्रुहरूले काेराेना परीक्षणकाे रिपाेर्ट अनिवार्य देखाउनु पर्नेछ। यसका साथै क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।