काठमाडाैं- एक महिनादेखि बन्द रहेका माल्दिभ्सको राजधानी मालेका बजार तथा शिक्षण संस्थाहरु खुलेका छन्। गएरातिदेखि कर्फ्यू हटाइएपछि बजार तथा शिक्षण संस्थाहरु खुलेका हुन्।
गत मार्च ४ तारिखदेखि मालेमा कर्फ्यू लगाइएको थियो। स्वास्थ्य सुरक्षा निकायले काेराेना संक्रमण बढेको भन्दै मालेमा कर्फ्यू आदेशको घोषणा गरेको थियो।बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यू हटाइएको जनाइएको छ।
आजदेखि कर्फ्यू हटेपछि यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीबार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ।
कोरोना महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कर्फ्यू लगाइएको थियो। सरकारले अब मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ।
अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।