काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी कार्यालय कहाँबाट चलाउने भन्ने कुरा सामान्य भएको बताएका छन्।
स्थायी कमिटी बैठक चल्दाचल्दै बाहिर निस्किएका रावलले समानान्तर कमिटीको रूपमा चलेपनि कुनै न कुनै ठाउँबाट पार्टी कार्यालय चलाउने अवस्थामा आउन सक्ने बताए।
‘हामी मुलतः एमाले हौं। अहिले समानान्तर चलेकाले कार्यालयको कुरा गर्नुभयो होला। एमालेको सम्पूर्ण संरचना पूर्ववत् हुन्छ भन्ने अदालतले भनेपछि त्यो पूर्ववत् कमिटी चलाएको हो’ रावले भने, ‘हामीले अब कहाँ बसेर पार्टी कार्याल्य चलाउने भन्ने सामान्य कुरा हो।’
कुनै न कुनै घरबाट पार्टी कार्यालय चल्ने रावलले बताए। थापाथलीमा एमालेको कार्यालय राख्ने विषयमा सोधिएको प्रश्नमा रावलले त्यो कार्यालय आफूलाई थाहा नभएको भन्दै मोती दुगडलाई सोध्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।