काठमाडौं–सिप्रदी ट्रेडिङले सिन्धुपाल्चोकको मेलम्चीमा सर्टिफाइड ग्यारेज सञ्चालन गरेको छ। कम्पनीले मेलम्चीमा सञ्चालित जाल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेज मान्यता प्रदान गरेको छ।
टाटा कमर्शियल गाडीका ग्राहकहरुलाई सहज रुपमा सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले जाल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको कम्पनीले जनाएको छ।
बुधबार नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्घाटन गरेका थिए।
कार्यक्रमकै अवसरमा लामो समयदेखि टाटाका गाडी सञ्चालन गर्दै आएका ग्राहक चिरञ्जीवी पराजुलीलाई सम्मानसमेत गरिएको थियो।
सो अवसरमा टाटा बीएसआइभी गाडीसम्बन्धी चालक प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको थियो।
उक्त सर्भिस सेन्टरबाट टाटा कमर्शियल गाडीको सर्भिस तथा साधारण मर्मतको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।